Aamsanchar

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

Author Image
सोमवार, साउन ९, २०७४

राजविराज ।

सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल विद्यार्थी संघ– २ नम्बर प्रदेशले वृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
जिल्लाको त्रिहुत गाउँपालिकास्थित मोहुली खोलाबाट आएको बाढीप्रभावितका लागि लक्षित सो शिविरमा लामो समयदेखि विभिन्न रोगबाट ग्रसित पाँच सय बिरामी लाभान्वित भएका छन् ।

शिविरमा गजेन्द्रनरायण सिंह सगरमाथा अञ्चल अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एकदर्जन चिकित्सकले बिरामीको अवस्था जाँच गरेर निःशुल्क औषधिसमेत वितरण गरेको आयोजक संघले जनाएको छ ।

स्वास्थ्य शिविरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रधामन्त्रीका राजनीतिक सल्लाहकार विश्वप्रकाश शर्मामार्फत रु ६ लाख बराबरको औषधि समेत उपलब्ध गराइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
शनिवार, मंसिर १५, २०८१