Aamsanchar

सुनसरी र मोरङबाट लागूऔषधसहित २ पक्राउ

Author Image
मङ्गलवार, साउन १०, २०७४

बिराटनगर।

प्रहरीले सोमवार अपरान्ह सुनसरीको धरान र मोरङको बिराटनगरबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सुनसरओ धरान १३ बस्ने २५ बर्षिय प्रकाश भण्डारीलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले लागूऔषध लुपिजेसीक ११ एम्पुल, डाइजोलोपाम ११ एम्पुल ,एभिल ११ एम्पुल फेला पारी बरामद गरेकोहो। पक्राउ परेका उनीउपर आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यता मोरङको बिराटनगर महानगरपालिका १६ स्थित हुलास चौकबाट एक जनालाई नियन्त्रणमा लिईएको छ। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले सुनसरी बक्लौरी बस्ने ३० बर्षिय आनन्द चौधरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीको साथबाट प्रहरीले लागूऔषध डाईजेल्याब ९ एम्पुल, फेनारगन ९ एम्पल र लुपिजेसिक ९ एम्पल बरामद गरेको छ। उनीउपर आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर