Aamsanchar

अस्पतालमा रेबिज सुई अभाव

Author Image
मङ्गलवार, साउन १०, २०७४

राजविराज ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ ।
अस्पतालमा दैनिक पाँचदेखि छ जना कुकुरले टोकेका बिरामी आउने गरे पनि सुईको अभावका कारण समस्या भइरहेको अस्पतालले जनाएको छ । एक मात्र सरकारी अस्पतालमा सहुलियत दरमा पाइने रेबिज सुई एक हप्तादेखि पाउन छाडेपछि उपचारका लागि आउने बिरामी र कुरवालाई समेत समस्या हुने गरेको बताइएको छ ।

अस्पतालमा निःशुल्क रुपमा पाइने सो सुई सरकारी उदासीनताका कारण अहिले उपभोक्ताले निजी औषधि पसलमा दोब्बर मूल्यमा खरिद गरी प्रयोग गर्न बाध्य भएको स्थानीयवासी श्याम रजकले बताउनुभयो । अस्पतालले भने रेबिजविरुद्ध दिइने सुई अभाव भएपछि विभागमा माग गरिए पनि विभागबाट नआएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजकाे माैसम
सोमवार, कार्तिक २६, २०८१
राशिफल: २०८१ कार्तिक २६ गते सोमवार
आइतवार, कार्तिक २५, २०८१