बुद्धशान्ति।
बुद्धशान्ति गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको भेलाले शान्ति अपाङ्ग संघ गठन गरेको छ । यसअघि साविक बुधबारे गाउँ विकास समितिमा स्थापित ग्रामीण अपाङ्गता पुनस्र्थापन समिति बुधबारे नामले संगठित समिति र शान्ति अपाङ्ग संघ शान्तिनगरका नामले संगठित समितिलाई बुद्धशान्ति गाउँपालिका भएपछि एकीकृत गरिएको हो ।
शान्ति अपाङ्ग संघका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षता र बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको हो । नवगठित समितिको अध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्षमा नरेन्द्र मेयाङ्वो, सचिवमा जयप्रकाश खाती, सहसचिवमा सावित्रा ढुंगेल, कोषाध्यक्षमा सीता अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरूमा तोया घिमिरे, चन्द्रबहादुर चौहान, गंगाप्रसाद भट्टराई, सृष्टिका खतिवडा, तीर्थ पोखरेल र गोमा पोखरेल चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि भुजेलले अपाङ्गता भएका व्यक्ति र यस संस्थाले अब बुद्धशान्तिमा अभिभावकविहीन र अपहेलित नागरिकको रुपमा बस्नु नपर्ने बताए ।
कार्यक्रममा पूर्वाञ्चल राष्ट्रिय दैनिकका टंक विकल्प, राप्रपाका नन्दकुमार तिम्सिना, माओवादी केन्द्रका सीताराम चापागाईं, वडा नं. ४ अध्यक्ष बुद्धिमान जबेगू, दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष पार्वता श्रेष्ठ, सिबिआर प्रतिनिधि सविता आचार्य लगायतले शुभकामना दिएका थिए ।
नव निर्वाचित समितिका तर्फबाट सचिव जयप्रकाश खातीले आभार प्रकट गरेको कार्यक्रमको औचित्यमाथि खगेन्द्रबहादुर दाहालले प्रकाश परेका थिए । कोषाध्यक्ष सीता अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन तोया घिमिरेले गरेका थिए ।