Aamsanchar

बसको ढोकाबाट लडेर मृत्यु

Author Image
बिहिवार, साउन १२, २०७४

मोरङ ।

विराटनगर–७ स्थित कोशी राजमार्गमा गएराति बसको ढोकाबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।

विराटनगर बसपार्कबाट बरगाछीतर्फ जाँदै गरेको को १ ख ४५४२ नं को बसको ढोकाबाट लडेर नाम, थर नखुलेका अन्दाजी ३५÷४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

बसबाट खसेर गम्भीर घाइते भएका उनको ग्रीनक्रस अस्पताल, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक दिनेशकुमार चौधरीले जानकारी दिनुभयो

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर