Aamsanchar

थ्रीस्टारको विवादसँगै एन्फाको बैठक स्थगित

Author Image
बिहिवार, साउन १२, २०७४

काठमाडौँ।

थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को बैठक पुन स्थगित भएको छ ।

एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कारबाहीसहित रु छ करोड माग गर्दै आएको छ । सोही विषयमा कुरा नमिलेपछि हिजो बुधबार बसेको बैठक आज १ बजे पुन बस्ने गरी स्थगित गरिएको थियो ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अर्को सूचना नआइन्जेलसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँले अर्को बैठक कहिले बस्ने भन्ने विषयमा केही टुंगो नभएको बताउनुभयो । बुधबारको बैठकका लागि तय भएका विभिन्न नौवटा एजेन्डामा थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयबाहेक अन्य सबै विषयमा लगभग सहमति भएको थियो ।

एशियाली फुटबल महासङ्घ एएफसीले तीन पटकसम्म इमेल पठाए पनि एन्फाले खेलाडीको नामावली नपठाउँदा थ्रीस्टार क्लब दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो । थ्रीस्टारले क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने भन्दै बहिष्कार गर्दै आएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर