Aamsanchar

गोमन सर्पले डसेर महिलाको ज्यान गयो

Author Image
शुक्रवार, साउन १३, २०७४

सुनसरी।

सुनसरीको देवानगंज गाउँपालिका ५ स्थित साहेबगंज साह टोलमा बिहीबार गोमन सर्पले डसेर एक महिलाको मृत्यु भएको छ।

सर्पले डसेर साह टोल बस्ने ओम प्रकाश साहको श्रीमती बर्ष ३० की गुञ्जन कुमारी साहको मृत्यु भएको सिमा प्रहरी चौकी साहेबगंजले जनाएको छ। उनलाई दिउँसो साढे बाह्र बजेतिर आफ्नै घर निजक रहेको परालको टालबाट पराल तान्ने क्रममा गोभन सर्पले डसेको थियो।

सर्पले डसेर घाईते साहको उपचारको क्रममा कोशी अंचल अस्पताल बिराटनगरमा साँझ साढे ७ बजे मृत्यु भएको थियो।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर