Aamsanchar

झापामा काठ तस्करीमा संगठित समूह नै सक्रिय

Author Image
शुक्रवार, साउन १३, २०७४
दमक :
इलामको दक्षणी चुरे क्षेत्रबाट काठ तस्करी गर्नेको संख्या अझै पनि नघटेको पाइएको छ। दक्षिणी चुलाचुली हुँदै झापाको दमकतर्फ वर्षौंदेखि हुँदै आएको तस्करी अझै पनि नरोकिएको हो।
जिल्ला वन कार्यालय इलामले चुरे क्षेत्रको काठ तस्करी नियन्त्रणका लागि भन्दै इलाम र झापाको सीमानमा पर्ने चुलाचुली २ स्थित बह्रकोठे भन्ने स्थान इलाका वन कार्यालयको स्थापना गरिएको छ। तर, पनि वन कार्यालयको आँखा छलेर अझै पनि चोरी निकासी भइरहेको छ। चुलाचुलीका स्थानीयका अनुसार रात पर्नेबित्तिकै काठ तस्करहरुको भीड लाग्ने गरेको छ।
तस्करहरुले स्थानीयलाई परिचालन गर्दै साइकलमा दमकसम्म काठ ल्याउने गरेको स्थानीयले बताएका छन्। इलाका वन कार्यालय चुलाचुलीले समेत काठको चोरी निकासीमा संगठित समूह नै रहेको बताएको छ। इलाका वन कार्यालय चुलाचुलीका प्रमुख सहायक वन अधिकृत गंगाप्रसाद महतोले विशेष गरेर चुरे क्षेत्र महमाईबाट काठ तस्करी भएर तस्करहरुले दमकसम्म ल्याउने गरेको बताए।
उनले भने, ‘यहाँ वन तस्कर गर्ने संगठित समूह नै छ, हामी यहाँबाट गस्तीमा हिँड्यौं भने काठ तस्करलाई सबै थाहा हुन्छ, बाटो बाटोमा तस्करले चेकिङ गरिरहेका हुन्छन्, त्यही भएर पनि हामीलाई केही समस्या भएको हो।’ पछिल्लो समय वन कार्यालयले गस्तीलाई तीव्रता दिँदासमेत चोरी निकासीलाई नियन्त्रण गर्न नसकिएको बताए।
उनले भने, ‘हामीले गस्तीलाई चाँहि तीव्रता दिएका छौं तर, पनि नियन्त्रणमा आउन सकेको छैन’। पहिला कर्मचारी थोरै भएका कारण पनि नियन्त्रण गर्न मुस्किल भएको भए पनि पछिल्लो समय कर्मचारी वृद्धि भएका कारण गस्ती प्रभावकारी बनाइएको बताए। उनले भने, ‘पहिला त ५ जना कर्मचारी थियौं, अहिले १५ जना छौं गस्ती बढाएका छौं।’
उनले क्षेत्रफल धेरै भएका कारण पनि नियन्त्रणमा मुस्किल भएको बताए। उनले भने, ‘हाम्रो क्षेत्र धेरै छ, चरे क्षेत्रको माईपश्चिमदेखि मावा पूर्वको उत्तरी क्षेत्र हेर्नुपर्ने हुन्छ, त्यसकारण एकतिर गस्ती गर्यो भने अर्कोतिरबाट चोरी हुन्छ।’ गत वर्ष करिब १२ लाख रुपैयाँको काठ तस्करबाट बरामद गरिएको उनले बताए। उनका अनुसार चुरे क्षेत्रबाट सखुवाको काठ तस्करी हुने गरेको छ।
१२ सय क्युफिट काठ यस वर्ष तस्करबाट बरामद गरिएको महतो बताउँछन्। उनका अनुसार कबिर २ सय बढी काठ बोक्न प्रयोग भएका साइकलसमेत बरामद गरिएको हो। यस वर्ष मात्र २५ जनाविरुद्ध मुद्दा तर्दा गरिएको छ। जसमध्ये ५ जना काठ तस्करहरु फरार रहेका छन्। कानुनी प्रक्रिया लामो हुँदा अहिले इलाका वन कार्यालयमा एक वर्षदेखिका काठ र साइकलहरु थन्किएका छन्।
प्रमुख महतो भन्छन्, ‘कानुनी प्रक्रिया लामो छ, त्यसकारण काठलाई लिलामी बिक्रिकालागि समस्या भएको छ, बन कार्यालयको राख्ने ठाउँपनि नहुँदा समस्या छ।’-थाहाखबरबाट
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर