Aamsanchar

पाकिस्तानका प्रधानमन्त्री शरिफ अयोग्य घोषित

Author Image
शुक्रवार, साउन १३, २०७४

झापा।

पाकिस्तानको सर्वोच्च अदालतले, भ्रष्टाचार सम्बन्धि अभियोगहरुमा गरिएको छानविनपछि प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक ओहोदामा बसिरहन अयोग्य घोषित गरिदिएको छ।

सन् २०१५ मा भएको चर्चित पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसंग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानविन भएको थियो।

‘पनामा पेपर्स’ प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिका बारे छानविन गर्न गठन गरिएको टोलीले गत १० जुलाईमा आफ्नो प्रतिवेदन दिएको थियो। यो फैसला पछि नवाज शरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् र मन्त्रिमण्डल भंग गरिएको छ।

निरन्तर

प्रधानमन्त्री नवाज शरिफले निरन्तर रुपमा आफूले कुनै गलत काम नगरेको दावी गर्दै आएका छन्। राजधानी इस्लामावादमा कडा सुरक्षा व्यवस्था माझ सर्वोच्च अदालतले त्यस्तो फैसला सुनाएको छ।

सर्वोच्च अदालतका न्यायाधिशहरु एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद सम्मिलित पांच सदस्यीय बेञ्चले प्रधानमन्त्री विरुद्ध उक्त फैसला सुनाएको हो।

‘पनामा पेपर्स’ प्रकरणलाई लिएर प्रधानमन्त्री विरुद्ध उजुरी दायर गर्नेहरु मध्ये विपक्षी पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष तथा भूतपूर्व क्रिकेट खेलाडी इमरान खान पनि एक थिए।

अदालतमा फैसला सुन्नका लागि मानिसहरुको ठूलो भिड लागेको थियो। रएटर्स समाचार एजेन्सीले एकजना न्यायाधिश एजाज अफजल खानलाई उद्धृत गर्दै जनाएको छ “अब नवाज शरिफ संसदको इमानदार सदस्य बनिरहन” योग्य रहेनन्। साभार :बिबिसी नेपाली

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर