Aamsanchar

काठमाडौँमा फेरि लोडसेडिङ !

Author Image
शुक्रवार, साउन १३, २०७४

काठमाडौँ:

नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो। सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ। नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ।

प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ। शुक्रबारदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटौडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ। प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको छ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर