Aamsanchar

पूर्बाग्रही ढंगले गरिएको निर्णय भन्दै काँग्रेस कनकाई नगर विरुद्ध आयो यस्तो बिज्ञप्ति ।

Author Image
शुक्रवार, साउन १३, २०७४

सुरुंगा । स्थानीय तहको निर्बाचनमा पराजित भएपछि हारको कारण अरुलाई देखाएर आफु पन्छिने र अन्तरधात भएको भन्दै कारबाही गर्ने श्रृखला चलिरहेको बेला कनकाई काग्रेसमा गरिएको कारबाहीको शिफारिसले खैलाबैला मच्चिएको छ ।

पार्टीले उठाएका उम्मेदवारलाई असहयोग, आचारसंहिता उल्लंघन र अनुशासन विपरित काम गरेको भन्दै महासमिति सदस्य रमेश श्रेष्ठसहित पूर्व जिल्ला सदस्य सुकदेव पौडेल, सक्रिय सदस्य एबम् कनकाई बाणीज्य संघका पूर्ब अध्यक्ष युवराज संग्रौला, क्षेत्रीय प्रतिनिधि पवन साह, सक्रिय सदस्य सुशील पोखरेल, इन्द्र श्रेष्ठ, हेयरस्टाइलिष्ट निलम कटुवाल ९निल डेबिड० र साधारण सदस्य एबम् कनकाई बाणीज्य संघका अध्यक्ष कुमारमणि पोखरेललाई कांग्रेसको कनकाई नगर समितिले कारबाही गर्ने शिफारिस गरेको थियो ।

कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरियाले विहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठसहित विभिन्न ८ जनालाई कारवाहीको लागि माथिल्लो निकायमा सिफारिस गरेको जनाएका थिए ।

यद्धपि त्यो निर्णय सार्बजनिक गरेको केही घण्टा पनि नबित्तै त्यस निर्णय बिरुद्ध आवाज उठेको छ । स्वयम् महाँ समिती सदस्य रमेश श्रेष्ठले त्यस निर्णय पूर्बाग्रहबाट प्रभाबित गरी गरिएको जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेका छन् ।

श्रेष्ठ कनकाई नगर पालिकाबाट मेयर पदका आकाँक्षी रहेका थिए भने उनलाई गुटबन्दीका कारण टिकट दिइएको थिएन ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर