ताप्लेजुङ।

ताप्लेजुङमा शुक्रबार दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङघा गाउँपालिका ५ बस्ने वर्ष २८ को सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा गरी बस्ने वर्ष २२ को छिरिङ शेर्पा रहेका छन।


दुबैलाई शुक्रबार अपरान्ह ४ बजे इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरेका हुन। पक्राउ परेका व्यक्तिहरुलाई बरामद हतियारसहित अनुसन्धानकालागी प्रहरी कार्यालयमा राखीएको छ।
Views: 122

