Aamsanchar

कर्णाली सहकारीद्वारा पत्रकार उपचार कोषलाई ५१,१००

Author Image
आइतवार, साउन १५, २०७४

बिर्तामोड।


कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड–४ले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार १ सय रुपैयाँ प्रदान गरेको छ ।
कर्णालीले बार्षिक समीक्षा गोष्ठी तथा सम्मान कार्यक्रमकाबीच आज आइतवार बिर्तामोडमा उक्त रकम प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा सांसद केशवकुमार बुढाथोकी र संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई प्रदान गरे ।
नागरिकको सूचनाको हक रक्षाका लागि अहोरात्र खट्ने सञ्चारकर्मीको उपचारमा सहयोग पुगोस् भनेर मजदुर र किसानबाट संकलित रकमबाट सहयोग गरिएको संस्थाका सचिव भूपाल बस्नेतले बताए ।
पत्रकार महासंघले १ करोड रुपैयाँको उपचार कोष बनाएर त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियान अन्तर्गत हाल २९ लाख रुपैयाँ बढी संकलन भएको महासंघका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीले बताए ।

उपचार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्ने क्रम जारी रहेको महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले जानकारी दिए ।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर