Aamsanchar

सुधार केन्द्रमा एक व्यक्तिको शंकास्पद मृत्यु

Author Image
आइतवार, साउन १५, २०७४

झापा ।

झापा मेचीनगरपालिका–६ स्थित सुधार केन्द्रमा एक व्यक्तिको शंकास्पद मृत्यु भएपछि आज दिनभर काँकडभिट्टा तनावग्रस्त बनेको छ ।

स्वतन्त्र प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रमा रहेका मेचीनगर–७ का अर्जुन बस्नेतको मृत्यु भएपछि काँकडभिट्टा तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । लागुऔषधको दुव्र्यसनमा रहेको भनी परिवारले बुधबार मात्र बस्नेतलाई सुधार गृहमा पु¥याएका थिए । तर बस्नेतले शुक्रबार राति झुण्डिएर आत्महत्या गर्न लागेको देखेपछि प्रतिष्ठानले उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बताइएको छ ।

मृतकको परिवारले बस्नेतको शरीरमा निलडाम देखिएको र टाउकाको कपालसमेत चारपाटा मुण्डन गरेको हुँदा आत्महत्या नभई प्रतिष्ठानमा हत्या नै भएको दाबी गरेको छ । बस्नेतको हत्या भएको भन्दै स्थानीयले सुधार गृहमा आज घेरा हालेर नाराबाजी गरेपछि प्रहरीलाई समेत नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।

शव परीक्षणका लागि बिपी मेमोरियल अस्पताल धरान लगिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सुधार गृहका अध्यक्ष राजु बुढाथोकी, थेरापिष्ट मनिष क्षेत्री तथा भोला राईलाई नियन्त्रणमा लिएको छ ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर