Aamsanchar

राधाकृष्णको मुकुट चोरी

Author Image
सोमवार, साउन १६, २०७४

नुवाकोट।

विदुर नगरपालिका–९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ ।

स्थानीय बासिन्दाको पहलमा पाँच वर्षअघि निर्माण गरेको मन्दिरमा रहेको राधाकृष्ण भगवान्को मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दा वैकुण्ठ बोगटीले बताउनुभयो । आज बिहान भक्तजन मन्दिरमा पूजा गर्न जाँदा मुकुट चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

चाँदीबाट निर्मित मुकुट चोरी भएकाले संलग्नको पहिचान गरी कारबाहीका लागि स्थानीय भक्तजनले प्रहरीलाई आग्रह गरेका छन् । चोरी भएको मुकुट स्थानीय बासिन्दाले पाँच वर्षअघि धार्मिक सहयोग अनुदानमार्फत रु ३२ हजारमा खरिद गरेका थिए ।

चोरीमा संलग्नलाई कारबाहीका लागि अनुसन्धान शुरु भएको नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहराले बताउनुभयो । घटनाको सम्बन्धमा जिप्रका र नगर प्रहरीको टोलीले अनुसन्धान शुरु गरेको छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर