Aamsanchar

वर्षा नहुँदा धानबाली सुक्यो

Author Image
सोमवार, साउन १६, २०७४

विराटनगर ।

लामो समयदेखि वर्षा नहुँदा मोरङमा धानबाली सुक्न थालेको छ । धानबाली सुक्न थालेपछि उत्पादनमा ह्रास हुने सम्भावना देखिएको छ ।

सिँचाइको व्यवस्था तथा वर्षा नहुँदा धानबाली सुक्न थालेको छ । जग्गामा चिरा पर्न थालेको, ब्याड सुक्न थालेको र उन्नत जातको धानबाली रोप्ने समय पनि बित्न थालेकाले धानबालीको उत्पादनमा ह्रास हुने सम्भावना देखिएको हो ।

साउनको दोस्रो साता वितिसक्दा पनि खेतीयोग्य ७८ हजार हेक्टर जग्गामध्ये ४९ हजार ५०० हेक्टर अर्थात ५५ प्रतिशत जग्गामा मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालका प्रमुख मनोजकुमार यादवले बताउनुभयो ।

मोरङको रतुवामाइ, सिजुवा, केरावारी, बेलवारी र लेटाङ क्षेत्रमा ५० देखि ९० प्रतिशतसम्म रोपाइँ सम्पन्न भएको छ । जिल्लाको दक्षिणी भेगको रंगेली, धनपालथान, बुधनगर, थलहाका साथै कानेपोखरी, होक्साबारी, हरैचा र बाहुनीलगायत क्षेत्रमा १५ मात्र प्रतिशत रोपाइँ भएको छ ।

यहाँ ६७ हजार हेक्टर जग्गामा सिँचाइको सुविधा पुगेको छ । वर्षा नभएकाले नहरको पानीमाथि चाप बढेको छ । सो कारण कतिपय ठाउँमा नहरको पानीबाट बढीमा एक किलोमिटर क्षेत्रसम्म मात्र सिँचाइ गर्न सकिन्छ । भित्रिभागमा सिँचाइ गर्न सकिएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको राशिफल
बुधवार, पौष १०, २०८१
पोखरामा बेलुन महोत्सव सुरु
मङ्गलवार, पौष ९, २०८१