काठमाडौँ ।

ललितपुरको गोदावरीमा ‘बनौँ श्रवणकुमार श्रीमद्भागवत सप्ताह’ महायज्ञ चलिरहेको छ ।

गोदावरी नगरपालिका– १ स्थित गणेश मन्दिरको प्राङ्गणमा गत साउन १४ गतेबाट सुरु भएको सो महायज्ञको उद्देश्य वैदिक सनातन् धर्म र सस्ंकृतिको संरक्षण गर्नुका साथै महायज्ञबाट सवै नागरिकलाई श्रवणकुमार बन्न प्रेरणा मिलोस भन्ने रहेको आयोजक स्वर्णिम युथ क्लब गोदावारीका सचिव हरिहर थापाले जानकारी दिनुभयो ।
महायज्ञको सुरुवातमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीलगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई सम्मान गरिएको थियो ।

श्रीमद्भागवत मूल समारोह समिति गोदावरी, स्वर्णिम युथ क्लब गोदावारी र राष्ट्रका लागि युवा गोदावरीको आयोजनामा सञ्चालन भएको उक्त महायज्ञका प्रमुख वाचक नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्री तथा उपवाचक चिरञ्जीवी सिग्देल र उद्धव शर्मा रहनुभएको छ । सो महायज्ञ यही साउन २२ गतेसम्म चल्नेछ ।

