झापा।
स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसको स्वायत्तताको खारेजीको माग गर्दै आन्दोलन शुरु गरेपछि मेची बहुमुखी क्याम्पस भद्रपुरको स्वायत्तताको कार्यक्रम संकटमा परेको छ ।
क्याम्पसले विद्यार्थीको सहमति बिना स्वायत्तता कार्यक्रम लागू गरेको भन्दै स्ववियूले स्वायत्तता खारेजीको माग गरेसंगै स्वायत्तताको कार्यक्रम संकटमा परेको हो ।
स्ववियू सभापति भूवन बुढाथोकीले स्वायत्तताले विद्यार्थीको शुल्क वृद्धि हुने भएकाले स्वायत्तताको खारेजीको माग गरिएको बताए । उनले स्वायत्तताले विद्यार्थीको भविष्य अन्यौलमा परेको आरोप समेत लगाए । स्ववियूले स्वायत्तताको बिरोध गर्दै मंगलवार हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 113