झापा।

झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेटबाट आज दिउँसो लागूऔषध गाँजासहित एक जना भारतीय नगारिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारत जल्पाईगुडी हल्दिबारी ग्रामपंचायत बस्ने बर्ष ४० को जलिन हुसेनलाई १ किलो गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले हुसेनलाई शंकालागी चेकजाँच गर्ने क्रममा रिक्सामा सवार उनको साथबाट गाँजा फेला परेको थियो। पक्राउ परेका हुसेनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको छ।

Views: 227

