Aamsanchar

करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु

Author Image
बिहिवार, साउन १९, २०७४

झापा ।

करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् । उनलाई आज बिहान मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि कनकाई अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।

उता गौरादह–१ का अन्दाजी ४५ वर्षीय मंगल हस्द सतार नजिकैको लाल नहरमा डुबेको अवस्थामा फेला परेको इप्रका दमकले जनाएको छ । उनी केही दिनदेखि बेपत्ता रहेको इप्रका दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर