Aamsanchar

भरुवा बन्दुकको पार्ट-पुर्जासहित पक्राउ 

Author Image
बिहिवार, साउन १९, २०७४

मोरङ।

मोरङको केराबारी गाउँपालिका ५ शान्ति टोलस्थित एक घरबाट बिहिबार प्रहरीले भरुवा बन्दुकको पार्ट पुर्जासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय अबिलाल बिश्वकर्मा रहेका छन। विश्वकर्माको घरबाट भरुवाको ब्यारेल १४ थान, ट्रेगर ३ थान, काठको बट ३ थान, हतियार सफा गर्ने तेल आधा लिटर र एक थान खप्परसहितको जरायोको सिङ बरामद भएको छ।

बरामद सामानसहित विश्वकर्मालाई ईलाका प्रहरी कार्यालय केराबारीमा राखि थप अनुसन्धान शुरु गरिएको छ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर