झापा,

झापामा दुई महिलाको स्वाइफ्लूका कारण मृत्यु भएको समाचारहरु प्रकाशन भइरहेका बेला रुपन्देहीका दुई जना व्यक्तिमा स्वाइफ्लूको संक्रमण देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा फलु देखिएको हो ।

रुपन्देहीका जनस्वास्थ्य प्रमुख केयर सिंह गोदारले दु्ई जनामा सिजनल इन्फुएलेन्जाको जिवाणु भेटिएको बताए । जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो सहित उपचारमा आउने बिरामीको निरन्तर निगरानी गरिएको जनाएको छ । रुपन्देहीका अस्पतालमा फ्लु परीक्षण गर्ने किट नहुदा बिरामीहरु काठमाण्डौं जान बाध्य छन् ।
लुम्बिनी अञ्चल अस्पतालमा अहिले ज्वरो आएर उपचारमा आउने विरामीको संख्या अत्याधिक बढेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा चेकजाच गर्न आग्रह गरेको छ ।
झापाका उच्च सर्तकता अपनाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । विर्तामोडको वास्तविकता बुझनका लागी जनस्वास्थ्यको टोली खटिएको र अहिले त्यस्तो आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवराज कार्कीले जानकारी दिए ।

विर्तामोडका दुई महिलाको १५ दिनका अवधिमा निधन भएपछि सर्वसाधारणमा भने त्रास सिर्जना भएको बताइएको छ ।

