Aamsanchar

फर्निचर व्यवसायी खगेन्द्र खरेलद्धारा पत्रकार उपचार कोषलाई सहयोग

Author Image
बिहिवार, साउन १९, २०७४

बिर्तामोड।


पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका फर्निचर व्यवसायी खगेन्द्र खरेलले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई खरेलले आज विहीवार बिर्तामोडमा उक्त रकम प्रदान गरेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको उपचार कोष स्थापनाको लक्ष्यका साथ सञ्चालन गरेको अभियान अन्तर्गत करिब ३० लाख रुपैयाँ जुटिसकेको छ ।
कोषका सहयोग दाता बिर्तामोड–३ निवासी खरेल खगेन्द्र काष्ठ फर्निचर उद्योगका सञ्चालक हुन् । उनी २१ बर्षदेखि फर्निचर व्यवसायमा संलग्न छन् । बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि उनले खुल्ला सदस्यमा पदमा उम्मेदवारी समेत दिएका छन् ।

खरेल रोटरी क्लब अफ मिड टाउन बिर्तामोडको पब्लिक डाइरेक्टर, लायन्स क्लब अफ काठमाडौं ग्रीनको एमजीएफ र हनुमन्त पोली इण्डस्ट्रीज खनारका सञ्चालक समेत हुन् । व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशील खरेलले उद्योगी व्यवसायीको हितका लागि अझ क्रियाशील हुने बताएका छन् ।
पत्रकार महासंघले स्थापना गरेको पत्रकार उपचार कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको महासंघकी कार्य समिति सदस्य सुशीला संग्रौलाले बताइन् । कोषको व्याजबाट पत्रकारको उपचारमा सहयोग गरिने महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताए ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर