Aamsanchar

नदीको दोभानमा थुनिएका सत्ताइसजनाको उद्धार

Author Image
शुक्रवार, साउन २०, २०७४

कञ्चनपुर।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरियो । गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए ।

वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको टोलीले थुनिएकाको चार घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक भट्टले बताउनुभयो । खोलाको दोभानमा थुनिएका गोठालाले घरमा फोनमार्फत जानकारी दिएपछि वडाध्यक्ष सहितको टोली उद्धारका लागि पुगेको थियो ।

घरकटुवा खोलाले काठे पुल बगायो 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित घर कटुवा खोलामा स्थानीय बासिन्दाले साताअघि बनाएको काठे पुल घर कटुवा खोलाले बगाएको छ । खोलामा गएराति आएको बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक टेक जोराले जानकारी दिनुभयो । पुल बगेपछि नौखरी सिसैयाका बासिन्दाले खोला तर्न सास्ती खेप्नु परेको छ ।

बस्ती डुबानमा 

कञ्चनपुरको बेलौरी नगरपालिकाअन्तर्गत पर्ने रामपुर उदयपुर बस्ती दोदा नदीमा आएको बाढीका कारण डुबानमा परेको छ । बस्तीमा बाढीको पानी पसेको खबर पाइएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । कति घर डुबानमा परेको भन्ने बारे जानकारी प्राप्त हुन सकेको छैन ।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर