रोङ,
वर्षासंगै झरेको पहिरो कारण सडक अवरुद्ध हुदाँ इलाको रोङ गाँउपालिकाको शान्तिपुर क्षेत्र प्रभावित भएको छ ।
रोङ गाउँपालिका १ शान्तिपुरबाट झापा जोड्ने एक मात्र मोटरबाटोको बरभन्ज्याङ( बर्फल्याङ खण्डमा पहिरोको कारण साउन १९ गतेदेखि अवरूद्ध भएको हो ।
दैनिक ३ वटा ट्याक्सी तथा ४/५ वटा पिकअप गमडीले सेवा दिदै आएकामा पहिरोका कारण सडक अवरुद्ध भएपछि त्यहाँको अदुवा, सागसब्जी बारीमै कुहिने अवस्था पुगेको स्थानीय इन्द्र अधिकारीले जानकारी दिए । सडक अवरुद्ध हुदाँ दैनिक उपभोग्य सामानहरूको अभाव हुन थालेको जनाइएको छ ।
लाखौं बजेट खर्च गरेर लामो समय देखि उक्त सडक बनाउने काम भएपनि हरेक वर्षका बर्खा याममा सडक सञ्जालबाट विच्छेद हुनु परेको स्थानीयले बताएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 121