Aamsanchar

सञ्चार सेवा नपुगेका ठाउँमा तत्काल पु¥याउन सञ्चारमन्त्रीको आग्रह

Author Image
शुक्रवार, साउन २०, २०७४

काठमाडौँ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिफोन सेवा नपुगेका ठाउँमा तत्काल सेवा पु¥याउन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको छैटौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले सबै भूभागमा प्रभावकारी ढंगले सुविधा पु¥याउने गरी काम गर्न आग्रह गर्नुभएको हो ।

“प्राधिकरणमा स्रोत साधन थुपारेर काम छैन, जनताले सेवा खोजिरहेका छन्, यसलाई सदुपयोग गरेर देशलाई सेवा दिन लाग्नुहोस्”– मन्त्री बस्नेतले भन्नुभयो । उहाँले दक्ष प्राविधिक हाम्रो देशमा रहेको भन्दै उनीहरुलाई काम लगाउनसके नेपालको सञ्चार क्षेत्रले फड्को मार्ने बताउनुभयो । उहाँले व्यवस्थापन र कर्मचारीको सहकार्य भएमात्र काममा सहज हुने भन्दै एकआपसमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले आगामी एक वर्षभित्र ७४४ वटै स्थानीय तहमा सञ्चार सेवा पु¥याउनेगरी प्राधिकरणले काम गरिरहेको बताउनुभयो ।

उहाँले सरकारलाई धेरै राजश्व आम्दानी गर्ने कम्पनीमध्ये प्राधिकरण भएकाले यसलाई राज्यले विशेष चासोका साथ हेर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष अच्युतानन्द मिश्रले संस्था राम्रो भएमात्र कर्मचारीको भविश्य राम्रो हुने भन्दै संस्थालाई राम्रो बनाउनका लागि युनियन लाग्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर