Aamsanchar

ट्रकको ठक्करबाट मृत्यु

Author Image
शनिवार, साउन २१, २०७४

इनरुवा।

सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम चौधरीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको ना६ख ६१६६ नंको ट्रकले को३प ३०० नंको मोटरसाइकललाई ठक्कर दिएको जिप्रका सुनसरीले जनाएको छ । ठक्करबाट घाइते चौधरीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।
चौधरी मोटरसाइकलको पछाडि सवार थिए । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर