ताप्लेजुङ।

ताप्लेजुङको सिरिजङघा गाउँपालिका २ स्थित आम्बेगुदिनमा बिहीबार साँझ खेतको काल्लाबाट लडेर एक जनाको ज्यान गएको छ।

लडेर ज्यान गुमाउनेमा सोही गाउँपालिका बस्ने वर्ष ६३ को ओजहाङ लिम्बु रहेको अस्थायी प्रहरी चौकी खाम्दिम्वेले जनाएको छ। अलैची वारीमा घाँस काटेर घरतर्फ जाने क्रममा सोही ठाउँका श्याम बहादुर बुढा क्षेत्रीको धान खेतको माथिल्लो काल्लाबाट खसेर लिम्बुको मृत्यु भएको थियो।

घट्नास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरीको टोली खटिई गई आवश्यक कानूनी प्रकृया पुरा गरिसकेको उक्त कार्यालयले जनाएको छ।

Views: 286

