ताप्लेजुङ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४ मा शनिबार बिहान आफ्नै श्रीमानले श्रीमतीलाई चुलेसीले हानेर आँफु आत्माहत्याको प्रयास गरेका छन्।

सोही गाउँपालिका बस्ने २४ बर्षिय सुजन भण्डारीले घरायसी विवादमा आफ्नै श्रीमती बर्ष २२ की सीता भण्डारी (लिम्बु) लाई चुलेसीले हानेर घाईते बनाई आँफुले रेफ्टिफाईड स्प्रिट टि.पी. नामक बिषादी सेवन गरेका थिए।

चुलेसीले लागेर श्रीमतीको दाहिने हातमा चोट लागेको छ। घाईते दुबैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ।

Views: 229

