काठमाडौं।
जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका कर्मचारी नवीन चौधरीले कार्यालयभित्रै झुण्डिएर आत्महत्या गरेका छन् ।
बबरगञ्ज गाविसका चौधरी गत माघदेखि खरिदारका रुपमा जनस्वास्थ्यमा कार्यरत थिए । कार्यालय सहयोगी दयाराम चौधरीका अनुसार डेरामा बस्दै आएका नवीन शनिबार राति पर्खाल नाघेर कार्यालय परिसरभित्र छिरेका थिए । निद्रा लागेन बरु काम गर्छु भनेर राति १ बजे कार्यकक्षमा जान उनले साँचो मागेको सहयोगीले बताए ।

नवीनको शव आइतबार कार्यालयको सिंढी नजिक झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनायो । अविवाहित चौधरी २६ वर्षका थिए । –कान्तिपुर दैनिकबाट
Views: 128

