झापा।

प्रहरीले झापामा लागुऔषधसहित आज एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ८ का २५ वर्षिय अर्जुन लिम्बु छन।

लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका ६ मेची पुलबाट पक्राउ गरेको हो। लिम्बुले भारतबाट डाईईजेपाम ७, लुपिजेसिक ७ र फेनारगन ७ गरी जम्मा २१ एम्पुल टिडिजेसिक ल्याउँदै थिए।

लिम्बुलाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी थप अनुसन्धान भई रहेको छ।

Views: 149

