Aamsanchar

बीएण्डसी हस्पिटलले कुनै पनि सेवा बन्द नगर्ने

Author Image
बिहिवार, साउन २६, २०७४

झापा।

डाक्टर गोविन्द केसीको समर्थनमा देशभरका सरकारी अस्पतालले आकस्मिक सेवा बन्द गरे पनि झापाको बिएण्डसी हस्पिटलले पनि कुनै पनि सेवा बन्द नगर्ने घोषणा गरेका छन् ।
हस्पिटलले बुधबार एक विज्ञप्ति जारी गर्दै शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा विभिन्न शर्त राखेर जनताको नैसर्गिक अधिकार कुण्ठित गर्ने हिसाबले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र बन्द गर्ने भनी दिएको गैरजिम्मेवार पूर्ण अभिव्यक्ति प्रति हस्पिटलको गम्भीर ध्यानाकर्षण भएको साथै सरकारी पक्षका जिम्मेवार निकायबाट यस्तो किसिमको अस्वभाविक अभिव्यक्ति आउनु आफैमा तुच्छ र लज्जास्पद घटना भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निजी अस्पताल भए पनि जनताको सेवामा हरपल समर्पित बीएण्डसी हस्पिटलले कुनै पनि सेवा नरोकी २४सै घण्टा सेवा दिन तयार रहेको जनाएको छ ।
मेडिकल कलेज सञ्चालनलाई सरकारी चिकित्सक संघ (गोडान) जस्तो चेतनशील व्यक्तिहरुको संगठनद्वारा शिक्षा र स्वास्थ्यमा गरिएको लगानीलाई राष्ट्रियता र समृद्धिको पक्षबाट नहेरी व्यवहारिक हिसाबले मात्रै विश्लेषण गरिनु तुच्छ विषय भएको हस्पिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर