भोजपुर ।
सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै भोजपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ ।
नगरपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक स्तरोन्नति र वातावरणमैत्री विकासका लागि गुरुयोजनालगायतका विषयमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुधबार प्रथम नगरसभा सम्पन्न भएको हो ।
त्यस्तै, सन् २०१७ सम्म जिल्लालाई नै खुल्ला दिसामुक्त जिल्ला बनाउने योजना नगरसभाले अघि सारेको नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले जानकारी दिनुभयो ।
नगरपालिकालाई यस आर्थिक वर्ष २०७४÷७५ का लागि कुल रु ४० करोड १० लाख १८ हजार बजेट प्राप्त भएको छ । भोजपुर जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामध्ये नगरसभा गर्र्नेे नगरपालिका यो पहिलो बनेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 57