Aamsanchar

संविधान संशोधन बेमौसमको बाजाः पूर्वप्रम खनाल

Author Image
बिहिवार, साउन २६, २०७४

इलाम।

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताउनुभएको छ ।
“यो बेमौसमको बाजा हो, संविधान कार्यन्वयनका बेला संशोधन प्रस्ताव पारित हुनै सक्दैन”, उहाँले भन्नुभयो ।

इलामको सूर्याेदय नगरपालिकास्थित फिक्कलमा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता खनालले राजपालाई चुनावमा भाग लिन आग्रह गर्दै माघ ७ गतेभित्र प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनलाई सार्थकता बनाउन सके निर्वाचनपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउनुभयो ।

आगामी असोज २ गते २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पनि आफ्नो दल पहिलो हुने दाबी गर्दै उहाँले त्यसका लागि चुनावी प्रचारप्रसारमा लाग्न पार्टीले निर्देशन दिइसकेको बताउनुभयो ।

वरिष्ठ नेता खनालले सूर्याेदय नगरपालिकाको कन्याम, पशुपतिनगर, श्रीअन्तु, समालबुङ लगायतका स्थान पर्यटकीय सम्भावनायुक्त भएकाले यी क्षेत्रको विकास र समृद्धिका लागि नयाँ–नयाँ योजना ल्याएर पर्यटन क्षेत्रको विकास गर्न पनि पार्टीका निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर