Aamsanchar

रोटरी र रोट्रयाक्टको कार्यालय उद्घाटन

Author Image
शुक्रवार, साउन २७, २०७४

काँकरभिट्टा।

रोटरी क्लव अफ काँकरभिट्टा र रोट्रयाक्ट क्लव अफ काँकरभिट्टाको संयुुक्त कार्यालय बिहीबार उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् रोटरियन कुमार गिरी एजीले ती दुई संस्थाको संयुक्त कार्यालय उद्घाटन गरेका हुन् । मेचीनगर–६ स्थित सुन्दर टोल मार्गमा अवस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै गिरीले संस्थाको कार्यसम्पादनसँगै सामाजिक अभियान सञ्चालन गर्न सहज हुने बताए ।
प्रमुख अतिथि गिरी एजीले झापाका ५वटा रोटरी क्लवहरुमध्येको पुरानो क्लव काँकरभिट्टाले नेतृत्व विकास, क्षमता विकासलगायत शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गतिविधि अघि बढाउने विश्वास ब्यक्त गरे ।

सो अवसरमा ज्येष्ठ नागरिक समिति मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेती, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, नाइट चेस क्लवका अध्यक्ष कृष्णकान्त खनियाँ, रेडक्रस सोसाइटी झापा शाखाका सदस्य दिलीप सुवेदी, रोटरी क्लव अफ काँकरभिट्टाका भावी अध्यक्ष अशोक श्रेष्ठ, कराँतेका अन्तर्राष्ट्रिय रेफ्री राजु महर्जन, समाजसेवी मेदनीप्रसाद खरेल, कमल थापालगायतको उपस्थिति थियो ।
रोटरी क्लव अफ काँकरभिट्टाका अध्यक्ष ललित तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लवका सचिव सुजन श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर