Aamsanchar

विर्तामोडको सडक छेउमा गाडी पार्किङ नगर्नुहोस्, प्रहरीले हावा खोली देला

Author Image
शुक्रवार, साउन २७, २०७४
विर्तामोड मुक्तिचौक छेउमा हावा नभएको अवस्थामा पार्किङ भएका कार । शुक्रबार ट्राफिक प्रहरीले उक्त कारको हावा खोलिदिएको हो ।
 झापामा केहीदिन यतादेखि प्रहरीले सडक सुरक्षा अभियान थालेको छ । पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको निर्देशनपछि मेची अञ्चल प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी नेतृत्वको प्रहरी टोलीले झापामा सडक सुरक्षा अभियान अन्तरगत सडक क्षेत्रमा रहने सम्पूर्ण बस्तुलाई हटाउने कार्यलाई तिब्रता दिन थालेको छ ।  तर प्रहरीले सडक सुरक्षा अभियान हचुवाको भरमा सुरु गरेको भन्दै सर्वसाधारणले आपती जनाएका छन । सडक सुरक्षा सबैको चाहाना हो, तर अन्यत्र  पार्किङको व्यवस्था नमिलाई पार्किङ अन्तै गर भनेर गाडीको हावा खोल्दै हिडनु प्रहरीले ज्वाजती गरेको हो भनेर सर्वसाधारणको आक्रोस प्रहरी प्रति उठन थालेको छ ।
 
पटक पटकको सुचना र आग्रहलाई सवारी चालकहरुले व्यवस्था गर्ने गरेकाले सडक सुरक्षामा चुनौती बनेको र सडक छेउमा गरिने पार्किङ हटाउन बाध्य भएर हावा खोल्न थालिएको प्रहरीले बताएको छ ।
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर