भीमदत्तनगर।
प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले दश किलो लागुऔषध चरेशसहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ ।
फलुबारी नगरपालिका–१८ ई गाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको टोलीले चरेशसहित नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिनुभयो ।
ब्युरोले अभियुक्त बोहराले बझाङबाट चरेश आयात गरी भारत निर्यात गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 105