झापा।
जिल्ला समन्वय समिति झापका नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् ।
समितिका प्रमुख सोमनाथ पोर्तेल र उपप्रमुख मीना पराजुलीलाई झापाका प्रमुख निर्वाचन अधिृकत सुदर्शन पाण्डेले शपथग्रहण गराउनुभयो ।
कार्यक्रममा प्रमुख पोर्तेलले समितिका सदस्यहरु गंगा कार्की, पदम लिम्बू, माराङ हास्दा, महेशलाल राजवंशी, चन्द्र सुब्वा, जुन महरा र सुशीला अधिकारीलाई शपथ ग्रहण गराउनुभयो ।
सो अवसरमा प्रमुख पोर्तेलले जनताबाट छानिएर आएका प्रतिनिधिले जनताका हक, हित एवं रक्षाका निम्ति काम गर्न सुझाव दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 124