इलाम ।

इलाम नगरपालिका–११, सोयाकका ७९ वर्षीय शेरबहादुर फागोको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

खेतमा पानी लगाउन गएका समयमा पानीमा करेन्ट प्रवाह भई फागोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युत्को पोल ढलेपनि विद्युत् प्रवाह बन्द नभएकाले पानीबाट करेन्ट लागेर फागोको ज्यान गएको हो ।

Views: 105

