Aamsanchar

बाढीका कारण अर्बौंको नोक्सानी

Author Image
बिहिवार, भदौ १, २०७४

भद्रपुर ।

हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा रु एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ ।

धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८० हजार र तरकारीबालीतर्फ रु १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताउनुभयो ।

बाढीबाट सात हजार २६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ । बाढीले मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, कन्काई, शिवसत्ताक्षी, दमक, गौरादह नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पु¥याएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको राशिफल
बुधवार, पौष १०, २०८१
पोखरामा बेलुन महोत्सव सुरु
मङ्गलवार, पौष ९, २०८१