मुम्बई ।
नायिका ईशा गुप्ता आजकाल आफ्नो नयाँ फिल्म ‘बादशाहो’भन्दा बढी फोटोसुटका कारण चर्चामा छिन् ।इन्स्टाग्राममा नग्न फोटोका कारण उनले आपत्तिजनक र भद्दा कमेन्टको सामना गर्नुप-यो । अब ईशाले पनि आफ्ना आलोचकलाई कडा जवाफ दिएकी छिन् ।
यी सबै कुराका लागि आफू पहिले नै तयार भएको बताउने ईशा भन्छिन्, ‘मलाई लाग्दैन कि मेरो तस्बिरमा केही अश्लीलता छ । यो मेरो शरीर हो । हाम्रो देशमा महिलामाथि नै सधैं आरोप लगाइन्छ । मलाई थाहा थियो कि मैले पनि मानिसहरुको रिसको सामना गर्नुपर्छ । मैले पहिले पनि यस्तो प्रकारको फोटोसुट गराएकी थिएँ जब म मोडलिङ गर्दथें । म त्यतिबेला पनि नग्न र टपलेस हुने गर्दथें तर त्यतिबेला मानिसहरुले मलाई कहिले पनि यस्ता प्रश्न सोधेनन् ।’
ईशाका अनुसार यदि कोही महिला बोल्ड हुन्छिन् भने पुरुषलाई समस्या हुन थाल्छ । उनीहरूलाई यस्तो लाग्छ कि कसैले उनको पुरुषत्वलाई चुनौती दिइरहेका छन् । उनी भन्छिन्, ‘यस्ता मानिसहरू कप्टी र पाखण्डी नै हुन्, जो आफ्नो मोबाइलमा सधैं यस्ता फोटो सेभ गर्दछन् । हामी अजन्ता, एलोरा र कामसूत्र भएको देशमा बस्छौं जहाँ कुनै महिलाको फोटोसुट उनी आफैंको इच्छाशक्तिमा निर्भर हुन्छ ।’
उनी भन्छिन्, ‘मेरो तस्बिर हेरेर समस्यामा पर्ने मानिसहरू को हुन् ? यो मेरो शरीर हो र उक्त सुट कलात्मक तरिकाले गरिएको छ । एउटा पातलो रेखा छ जुन नाघेपछि तपाईं अश्लिल देखिन थाल्नुहुन्छ तर मेरो तस्बिरमा कुनै अश्लिलता छैन । मैले घृणाभन्दा धेरै प्रेम पाएकी छु । मानिसहरुले मलाई घृणा गर्नुको साटो बिर्सिएकै राम्रो ।’ ईशा गुप्ता अहिले आफ्नो नयाँ फिल्म ‘बादशाहो’को प्रोमोशनमा व्यस्त छिन् । – एजेन्सी/दैनिक नेपाल