विराटनगर।
सुनसरी मोरङ सिँचाइ आयोजनाले बढीमा तीन साताभित्र सिँचाइ सुविधा पु¥याउनका लागि सक्रिय भएर लागेको जनाएको छ । साउन २७ र २८ को अविरल वर्षाका कारण १७ ठाउँमा टुटेको मूलनहर मर्मतका लागि प्राविधिकका साथै स्थानीय उपभोक्ता कार्यरत रहेकाले तीन साताभित्र सिँचाइको व्यवस्था मिलाइने सो आयोजनाले जनाएको छ ।
सुनसरी र मोरङ जिल्लाका ६८ हजार हेक्टर जग्गामा सिँचाइ पु¥याउँदै आइरहेको यस नहरको लम्बाइ चतरादेखि मोरङसम्म ५३ किलोमिटर छ । मूलनहरको मर्मत भएपछि लोहन्दासम्म ४२ किलोमिटरको क्षेत्रमापर्ने शाखामा सिँचाइको व्यवस्था पूर्ववत् रुपमा चालु हुनेछ ।
लोहन्दाको साइफनमा क्षति भएकाले त्यसको मर्मतमा लामोसमय लाग्ने भएकाले बाहुनी, झमनपुर, बरियाती, नयाँपटी, चिसान, माइनर, आमझोरा, रजनी, धमनपुर, हर्कपुर माइनर शाखा अवरुद्ध भएका छन् । लोहन्द्रास्थित आयोजनाको आन्तरिक १५३ मिटरको लम्बाइको पुल पनि क्षतिग्रस्त भएको छ ।
ती शाखा अवरुद्ध भएपछि तल्लो क्षेत्रका १२ हजार ५०० हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउनका लागि वैकल्पिक व्यवस्था गर्न लागिएको सो आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिनुभयोे । धानबालीमा तत्कालै सिँचाइ गराउनुपर्ने भएकाले सो क्षेत्र भएर बग्ने खोला, खोल्साको पानीलाई ती शाखामा छिराएर सिँचाइको प्रबन्ध मिलाउन थालिएको उहाँले बताउनुभयो ।
यसैबीच, दुई दिनको अविरल वर्षाका कारण सो आयोजनामा कराँैडो मूल्य बराबरको क्षति भएको जनाइएको छ । प्रारम्भिक तथ्यांकअनुसार अनुमानित रु ७० करोड बराबरको क्षति भएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयोे ।
अबिरल वर्षाका कारण साउन २६ गते बिहीबार साँझ नै मूलनहर बन्द गरिएकाले मूलनहर र शाखामा थप क्षति भएन् । सो नहरको उत्तरपट्टिका गाउँ बाढीले ढुबाउन थालेपछि स्थानीयवासीले नहरको डिल (बाँध) काटेर पानीको निकास गराएका थिए । सुनसरीको झुम्कादेखि माथि चार ठाउँमा दतकिचा खोलाले काटेको थियो भने स्थानीयवासीले ड्रेन र पूर्वी किनार काटेर बाढीको पानी नहरमा प्रवेश गराएका थिए ।