Aamsanchar

झाँटीका २ सय १० बाढी पिडित परिवारलाई राहत वितरण

Author Image
शुक्रवार, भदौ २, २०७४

विनोद पाण्डे (कमल)

चारपाने, भदौ २ । दक्षिण अमेरिकामा बसोबास गर्ने नेपालीहरु र हिमालय रोडस् ओ एस नेपालको संयोजनमा बिशाल भारती, उदय भारती, विष्णुमाया भारती, निलम जोशी लयागतको विषेश अभियानमा झापा गाउ“पालिकाको वडा नं. ३ र ४ का बाढी पिडीतका लागी संकलित राहत रकम वाट शुक्रबार वडा नं.३ को झाटी गाउ“मा राहत सामाग्री विरण गरिएको छ ।

बाढी पसेर जतात्यतै कटान भएको प्रकोप क्षेत्र झाटी स्थित नमुना आधारभूत विद्यालय नजिकै उक्त रहात वितरण गरिएको थियो । रहात सामाग्रीमा म्याट, झुल, तन्ना, साबुन लगायतका सामान प्रदान गरिएको थियो ।

झापा गाउपालिका वडा नं. ४ का अध्यक्ष राजु भारतीले अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यलाई राहत को लागि आर्थिक जुटाईदिन अनुरोध गरेपछी पहिलो चरणमा संकलित २ लाख वाट राहत सामाग्री खरिद गरिएको बताईएको छ । आफ्नो वडा भन्दा ३ नं. वडामा तत्काल राहतको आवसेक रहेको बुझेर भारतीले ३ नंं वडाका पिडित परिवारलाई राहात उपलव्ध गराउन खेलेको भूमिका सहराहनिय रहेको पिडित तथा विपन्न वर्ग उत्थान समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले वितरण कार्यक्रममा अध्यक्ष भारतीको प्रशंसा गरेका थिए ।

कृषिवाट जेनतेन परिवार धान्दै आएका अती विपन्न २ सय १० परिवारका सदस्यहरुलाई गरिएको रहात वितरणमा वडा नं. ३ का अध्यक्ष मोतीलाल गणेश, समाजसेवीहरु शुन्दरलाल गणेश, देवी अधिकारी, जगत पौडेल, टंक विक, सपना विक, महमत अक्तर मिया, हरि कार्की, रिता भण्डारी, हरि मर्डी, मणीराज गणेश, दिपु गणेश, नरेश चौधरी, ईप्रका झापा बजार र टागनडुब्बा चौकीका प्रहरीहरुले राहत वितरण कार्यको सहजीकरण गरेका थिए ।
बाढीबाट २ सय परिवार पिडित रहेका ४ नं. वडामा भने ५ गते राहत सामाग्री वितरण गरिने अध्यक्ष राजु भारतीले बताएका छन ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर