Aamsanchar

मोबाइल पसलमा आगलागी हुँदा दुई लाख क्षति

Author Image
शनिवार, भदौ ३, २०७४

मोरङ।

सुन्दरहरैंचा नगरपालिका– ८ सलकपुरका विजय बरालका घरमा रहेको मोबाइल पसलमा गए राति आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको छ ।

सुन्दरहरैंचा– ५ घर भएका राम थापाले भाडामा लिएर सञ्चालन गरेको उक्त पसलमा राति ८ बजेतिर विद्युत् चुहिएर भएको आगलागीबाट थापाका विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामान जलेको इप्रका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

आगो प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर