झापा,
विभिन्न बहाना बनाए पूर्वी नाका काँकरभिट्टा नाका हुर्दै महिला बेचबिखन गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । बैदेशिक रोजगारीको वहाना बनाउदै अबैध बाटो प्रयोग गर्ने किशोरीहरुको संख्यामा उल्लेखित रुपमा बृद्धि भएको मानव बेचबिखन रोकथाममा सक्रिय संघसंस्थाहरुले बताएका छन् ।
पूवी नाका झापाको काँभिट्टामा सक्रिय मानव बेचबिखन नियन्त्रणमा खटिएका बिभिन्न संघ सस्थाले दिएको तथ्याङकले यस्तो देखाएको छ । यसै नाकामा संचालित बिश्व सेवा बिस्तार संस्थाको जानकारी अनुसार हरेक महिनामा नाकामा यो बाटो प्रयोग गरि बैदेशिक रोजगार भन्दै बिदेश जानेहरुको संख्यामा बृद्धि भएको पाईएको हो ।
महिनामा ३–५ जना सम्म यस प्रकारका घटनाहरु आउने गरेको शाखाले जानकारी दिएको छ । बैदेशिक रोजगार भन्दै हिडेकाहरु नाकामा चेक जाँच गर्ने क्रममा कुराहरु ढाट्ने गरेको जनाइएको छ। केहि दिन अघि मात्र झापाको धुलाबारीका २ जना किशोरीहरुलाई यसै नाकाबाट उद्धार गरिएको छ । दुवई लाने भन्दै यसै बाटो प्रयोग गरेर लादै गरेको अवस्थामा झापा धुलाबारीका २ किशोरीहरु समातिएका थिए ।
तर उनीहरुलाई समातेर सम्पूर्ण कुराहरु थाहा भएपछी सम्बन्धीत ब्यतिm राजनैतिक दलकी नेता समेत रहेकी ति महिलालाई सम्पर्क गर्दा उनी सम्पर्क बिहिन भएकी थिइन् । सो पश्चात किशोरीहरुले ति महिलाको बिरुद्धमा कुनै पनि जाहेरी दिन नमानेपछि कानुनी दायराबाट ति गिरोह उम्किन सफल भएको उक्त संस्थाले जनाएको छ । किशोरीहरुको कागजपत्र समेत तिनै दलालले बताइएको छ ।
झापा हल्दिबारी कि एक महिलालाई बैदेशिक रोजगारीकै लागि भनि यसै बाटो प्रयोग गरेर लादै गरेको अवस्थामा २ गिरोह सहित उनलाई संस्थाले समाउन सफल भएको थियो । प्रहरीले २ दिन सम्म हिरासतमा राखेको भएतापनी ति पिडित किशारीले जाहेरी दिन नमानेपछि तिनिहरुले उम्किने मौका पाएका थिए ।
ति किशोरीको परिवारले बारम्बार जाहेरी दिन आग्रह गरेपछि उनले नमानेको जनाइएको छ । यस कारणले गर्दा समेत यो नाका असुरक्षित नाका बन्दै गएको छ । नेपालको पूर्वी नाका अबैध रुपमा बैदेशिक रोजगारको बाटो बन्दै गएको यस संस्थाका राष्ट्रिय निर्देशक मानबहादुर खत्रीले जानकारी दिए ।