दमक।
जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर आज एक बालकसहित तीनजनाको मृत्यु भएको छ ।
गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार अपराह्न गौरीगन्ज बजारबाट घर फर्कने क्रममा माई खोला तर्न खोज्दा भेलले बगाउँदा मगरको मृत्यु भएको थियो । त्यसैगरी, घर नजिकै पानी जमेको खाल्डोमा पौडी खेल्न जाँदा राईको डुबेर मृत्यु भएको हो भने ठूलो माईखोलाले बगाउँदा यादव पोखरेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 57