Aamsanchar

१ करोड ६० लाख मानिस प्रभावित

Author Image
आइतवार, भदौ ४, २०७४

झापा।

दक्षिण एशियाली क्षेत्रमा पछिल्लो बाढीका कारण एक करोड ६० लाखभन्दा बढी मानिसहरु प्रभावित भएको सहायताकर्मीहरुले बताएका छन् ।
बाढीका कारण नेपाल, बंगलादेश र भारतमा गरी अहिलेसम्म करिब ५०० जनाको ज्यानको गएको छ । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका अनुसार बाढीका कारण दक्षिण एशियामा केही वर्षयताकै सबैभन्दा नराम्रोमध्येको एक मानवीय संकट उत्पन्न भइरहेको छ ।
खाद्यान्न अभाव र बाढी पीडितहरुमा प्रदूषित पानीबाट फैलिनसक्ने रोगलाई लिएर चिन्ता व्यक्त गरिएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका क्षेत्रीय उपनिर्देशक मार्टिन फेलरले बाढीका कारण नेपाल र बांग्लादेशमा एक तिहाई मानिसहरु र भारतका चारवटा उत्तरी राज्यमा १ करोड १० लाख मानिसहरु प्रभावित भएको बताए । बाढीका कारण दशौं हजार मानिसहरु विस्थापित भएका छन् ।
‘दक्षिण एशियाली क्षेत्रमा केही वर्षयता यो गम्भीरमध्येको एक समस्याको रुपमा देखिन थालेको छ र विनाशकारी बाढीका कारण प्रभावित लाखौं मानिसहरुको आवश्यकता पूरा गर्नका निम्ति तत्काल कदम चाल्न जरुरी छ– फेलरले एउटा विज्ञप्तिमा भनेका छन् । नेपाल, बांग्लादेश र भारतमा लाखौं मानिसहरुहरुले खानेकुराको चरम अभावको र प्रदूषित पानीबाट हुने रोगको सामना गर्नुपरेको छ ।
बंगलादेशमा बाढीको स्तर एकदमै उच्चबिन्दुमा पुगेको र आउने दिनहरुमा अझ बढ्नसक्ने अनुमान गरिएको छ । सेभ द चिल्ड्रेनका निर्देशक मार्क पिएर्सले अवस्था ‘निकै चिन्ताजनक’ रहेको बताएका छन् । उनले भने– ‘अत्यधिक पानीका कारण सहयोग चाहिएका कतिपय समुदायसम्म पुग्न नसकिरहेको अवस्था छ ।’
नेपाल रेडक्रस सोसाइटीले खेतीपाती हुने नेपालको प्रमुख क्षेत्रमा आएको बाढीले धेरै धानबाली नष्ट भएको जनाएको छ । नेपाल रेडक्रस सोसाइटीका महासचिव देवरत्न धाख्वाले भने– ‘यो विध्वंशले गम्भीर खाद्य संकट निम्त्याउन सक्ने चिन्ता छ । सेभ द चिल्ड्रेन भारतका प्रबन्धक मुराली कुन्दुरुले हरेक वर्ष मनसुनी वर्षा हुने गरेपनि खासगरी यसपटक विगतमा भन्दा ठूलो पानी परेको बताए । वीवीसी

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर