Aamsanchar

२५ लाखको जग्गादान

Author Image
आइतवार, भदौ ४, २०७४

बिर्तामोड।

झापा विद्युतीय व्यवसायी संघको भवन निर्माणका लागि बिर्तामोडका व्यवसायी दीपचन्द्र अग्रवालले झण्डै २५ लाख मूल्य बराबरको जग्गा प्रदान गरेका छन् ।
मनिषा इलेक्ट्रोनिक्स स्टोरका सञ्चालक अग्रवालले हर्कलाल मार्गमा रहेको साढे ८ धुर जग्गा संघको भवन निर्माणका लागि प्रदान गरेका हुन् । संघको संस्थापक अध्यक्ष समेत रहेका अग्रवालले संघको भवन नहुँदा समस्या भएको भन्दै भवन निर्माणका लागि सबैलाई जुट्न आग्रह समेत गरेका छन् ।
झापा विद्युतीय व्यवसायी संघको आयोजना र नेपाल विद्युतीय व्यवसायी महासंघको प्राविधिक सहयोगमा बिर्तामोडमा भएको कर तथा लेखा तालिम समारोहकाबीच उनले भवन निर्माणका लागि जग्गा प्रदान गरेका थिए । झापा विद्युतीय व्यवसायी संघका अध्यक्ष भक्तिप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रम महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष सुदर्शन पौडेलको प्रमुख आतिथ्यमा भएको थियो ।
संस्थाका कोषाध्यक्ष गोविन्द खतिवडाले स्वागत गरेको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष राजु न्यौपाने र बुद्धशान्ति गाउँपालिका–५का अध्यक्ष बासुदेव खतिवडालाई सम्मान समेत गरिएको थियो । उनीहरु संघमा आवद्ध भएको र उनीहरुलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको बताइएको छ ।
कार्यक्रममा पूर्वाञ्चल प्लास्टिक उद्योगका प्रकाश सिटौलाले शुभकामना मन्तव्य राखेका थिए । हरि रायमाझीले प्रशिक्षण प्रदान गरेको कार्यक्रममा जिल्लाका विद्युतीय व्यवसाय सञ्चालन गरेर बसेका व्यवसायीको सहभागिता थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव अमरबहादुर अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर