Aamsanchar

छुटाछुट्टै सवारी दुर्घटना १ को मृत्यु १३ घाईते

Author Image
आइतवार, भदौ ४, २०७४

झापा ,

पूर्वको झापा र सुनसरीमा आईतवबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन्। झापाको बिर्तामोड नगरपालिका १ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प ३५० नम्बरको मोटरसाईकलको ठक्करबाट झापा बाह्रदर्शी गाउँपालिका ५ बस्ने ६५ बर्षिय कृष्ण भट्टराईलाई सडक पार क्रममा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाईते भट्टराईको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। ठक्कर दिने मोटरसाईकलका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

सुनसरीको ईनरुवा नगरपालिका ७ स्थित हलेसी चौकमा हाईस माईक्रो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाईते भएका छन्। पूर्वतर्फ आउँदै गरेको बा ४ ख ४१७२ नम्बरको हाईस माईक्रो अनियन्त्रित भई सडकमा पल्टिदा गाडीमा सवार १३ जना यात्रु घाईते भएका थिए।

घाईते सबैको अबस्था सामान्य रहेकोले ईनरुवा अस्पतालमा उपचार पश्चात डिष्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। माईक्रोका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर