Aamsanchar

बाढी पिडितको सहयोगमा जुट्यो युएईको राहत उद्दार संयुक्त संयन्त्र

Author Image
सोमवार, भदौ ५, २०७४
सुर्य खवास/युएई,
अविरल वर्षा र बाढिको कारण जलमग्न भएको मधेस अझै तग्रीन सकेको छैन । हिजो पहाड दुख्दा मधेश उठेको थियो, आज मधेश डुब्दा पहाड जुट्नु पर्छ भन्ने सन्देस बाढी पिडितकालागी जुटेका सहयोगी हातहरुले दिएका छन । यस पीडा बाट प्रवास पनि अछुतो छैन, त्यसैले सहयोगकालागी विश्व भरका नेपाली जुटेका छन ।
रोजगारिका शिलशिलामा युएई आएका नेपालिहरुले सामाजसेवा गर्ने पवित्र उद्देश्यले स्थापित विभिन्न सामाजिक, जातिय, जिल्लागत संघ संस्था तथा व्यवसायिहरु संमिलित ४७ ओटा संघ संस्थाले संयुक्त रुपमा “बढी पिडि राहत उद्दार संयुक्त संयन्त्र युएई” गठन गरि राहत संकलनमा जुटेका छन ।
संयुक्त संयन्त्रले युएईमा संकलित सहयोग बाढी प्रवाभित जिल्लाहरुको निर्धारण गरि राहत वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सुनसरी, सप्तरी, सिराहा र सर्लाहिमा राहत वितरणकालागी रु ४ लाख उपलब्ध गराईसकिएको राहत वितरण समितिका संयोजक पासाङ शेर्पाले जानकारी दिनु भयो ।
संयन्त्रले एक अपिल जारी गर्दै दोश्रो चरणको राहत संकलनमा सहयोग गरिदिनुहुन युएईमा रहनुहुने सम्पुर्ण नेपालिहरुम  आग्रह गरेको छ । बाढी पिडितको लागि उठेको सहयोगलाई पारदर्शी बनाउन शालिक सुवेदिको संयोजकत्वमा राहत संकलन तथा वितरण अनुगमन समिती समेत गठन गरेको छ । उक्त समितीले सम्पुर्ण खर्च विवरण सार्वजनिक रुपमा स्पष्ट पार्ने संयन्त्रले जनाएको छ ।
यसका साथै युएईमा प्रवासी नेपाली मन्च युएई, झापाली समाज युएई, गैर आवासिय नेपाली संघ, नेपाल बचत तथा ऋण सहकारी संघ युएई तथा नेपाली जनप्रगतिशिल मन्च युएई आदि संघ संस्थाले एकल रुपमा समेत राहत संकलन गर्दै आएका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर